विप्लव प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

| 2018 Aug 17 | 05:52 pm 2133

काठमाडौं, भदौ १ :  सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश चालेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।

केही दिन अघि मात्रै व्यापारीसँग चन्दा असुलेको आरोपमा प्रवक्ता प्रकाण्ड पक्राउ परेका थिए । प्रकाण्डमाथि ७ करोड चन्दा असुलेको आरोप लागेको थियो ।

गैरकानुनी रूपमा प्रवक्ता प्रकाण्डलाई थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतबार दायर गरेका थिए । त्यस्तै विप्लप समूहका (नेकपा)ले बन्द पनि गरेको थियो भने देशभरका विभिन्न स्थानमा बमहरु फेला पारिनुका साथै विभिन्न ठाउँमा आगजनी समेत भएको थियो ।

प्रवक्ता प्रकाण्ड विरुद्ध चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले कारबाही अघि बढाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.