विद्युत सर्ट भएर सप्तरीमा पाँच घर जले

रिपोर्ट नेपाल | 2019 Jun 02 | 09:22 am 2427

सप्तरी, जेठ १९:  जिल्लाको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

घर आगलागी हुनेमा स्थानीय राशिन्द्र यादवको घरमा विद्युत सर्ट भएर सुरू भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जानकारी दिए ।

उक्त आगलागीमा परी उनीहरूका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान जलेर नष्ट हुँदा करीब रु सात लाख बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी, राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.