विद्यालय परिसरमा लुकाइराखेको अवैध पेस्तोल फेला

रिपोर्ट नेपाल | 2019 Oct 19 | 06:12 pm 2418

बारा, कात्तिक २: लुकाइराखेको अवस्थामा विद्यालय परिसरमा अवैध हतियार पेस्तोल फेला परेको छ । जिल्लाको करैयामाई गाउँपालिकाको वडा नम्बर १ स्थित रहेको जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हो ।

उक्त विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्याङकी नजिक पेस्तोल भेटिएको प्रहरीले जानकारी दिए ।

कालो प्लाष्टिकमा बेरेर ढुङ्गामुनि लुकाइराखेको अवस्थामा १० इन्च लामो एक थान पेस्तोल भेटिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

उक्त पेस्तोल कस्ले राखेको भन्नेबारे भने एकीन भइनसकेको र बरामद गरिएको पेस्तोलबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.