विद्यालय जाने बाटो बनाइदिन भन्दै ४ कक्षा पढ्ने बालिकाले लेखिन् प्रधानमन्त्रीलाई पत्र

रिपोर्ट नेपाल | 2019 Feb 11 | 04:57 pm 2362

काठमाडौँ, माघ २८ :  ४ कक्षामा पढ्ने एक बालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पत्र लेखेकी छन् । राजधानीको इमाडोलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका प्राप्ति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी हुन् ।

उनले आफू स्कुल जाने बाटो हालैको वर्षाले बिग्रिएको भन्दै मर्मत गराइदिन प्रधानमन्त्रीलाई पत्रमार्फत अनुरोध गरेकी छन् । प्राप्तिले पत्रमा जनाएअनुसार महालक्ष्मी नगरपालिका, ४ ओचु हाइट, इमाडोलमा माघ २४ देखि २६ गतेसम्म परेको अविरल वर्षाका कारण सडक हिलाम्य भएकोले यातायात तथा यात्रु आवागमनमा समस्या भएको उल्लेख छ ।

उनले आफूहरुलाई नियमित विद्यालय जान बाटोको कारण समस्या भएको भन्दै समस्या समाधाननका लागि पहल गरिदिन आग्रह गरेकी छिन् । दुई दिन परेको वर्षाका कारण सो क्षेत्रको सडक हिलाम्मे बनेपछि आवातजावतमा समस्या परेको छ । विशेषगरी विद्यालय जाने बालबालिका उक्त समस्याबाट बढी पीडित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.