विद्यार्थी बोकेको स्कुल बस दुर्घटना २२ घाइते

| 2018 Sep 24 | 09:24 pm 2440

दाङ, असोज ८: लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये सवारी चालकको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । बस चालकको थप उपचारका लागि कोहोलपुर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइते विद्यार्थीहरुको भने स्थानीय अस्पतालमा उपचार भइरहेको बताए ।

ओभरटेक गर्न खोज्दा रा १ त १९९ नम्बरको स्कुल बस आज सोमबार साँझ दुर्घटना भएको हो । विद्यार्थी बोकेर घरतिर जाँदा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.