विद्यादेवी राष्ट्रपति कि नेकपा गुटको नेता ?

रिपोर्ट नेपाल | 2020 Nov 08 | 12:51 pm 2861

काठमाडौं, कात्तिक २३ः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद भुसको आगो जस्तै एक आपरमा कटाक्ष गर्दै सल्किएपछि प्रधानमन्त्री तथा नेकपाका सेरोमोनियल अध्यक्ष केपी शर्मा ओलीलाई बचाउ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पदिय मर्यादालाई बिर्सिएर खुलेआम लागेकी छिन ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र ओलीबीच व्यांग्यवाण हानाहान भई रहेको बेला राष्ट्रपति भण्डारीले राष्ट्र प्रमुखको दायित्व बिर्सिएर विगतमा एमालेको उपाध्यक्षकै शैलीमा कार्य गरेपछि अहिले मुलुकका विद्धतवर्गले उनको आलोचना गरिरहेका छन् ।

जव नेकपामा विवादको भुमरीले उग्ररुप लिन्छ त्यो बेला राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको रक्ष कबजका रुपमा खुलेआम उत्रदै आएकी छिन् । उनको भूमिकालाई हेर्दा उनी तीन करोड नेपालीकी अभिभावक हुन कि नेकपाको कुनै गुटकी सदस्य हुन् भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ ।

गत साता राष्ट्रपति भण्डारीले पार्टीका दुई नेतालाई सितल निवासमै बोलाएर ओलीको बचाउ गर्न सबै अस्त्र प्रयोग गर्न निर्देशन दिएको समाचार बाहिरीएपछि उनी सर्वत्र आलोचित बन्दै आएकी छिन् ।

आफ्नो पदीय मर्यादाको ख्याल नगरी ओलीको पक्षमा नेकपाका नेताहरुलाई एकजुट गराउन सितल निवासमा बोलाएर निर्देशन र प्रलोभन दिँदै आएकी छिन् ।

यस कार्यको नेकपाकै नेताहरुले तिब्र आलोचना गर्दै आएका छन् । नेकपामा प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढंगले सरकार चलाएको पार्टी संचालन गर्न खोजेको भन्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बिरोध गर्दै आएका छन् ।

सचिवालयका महुमत सदस्यले प्रम ओलीको स्वेच्छाचारीका विरुद्ध मोर्चावन्दी गरिरहेकै बेला राष्ट्रपति भण्डारीले उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई सितल निवास भेटघाट गरेकी थिइन् ।

पार्टीको निर्णयमा भगएर आफूखुसी अघि बढेका ओलीलाई सत्ताको घोडाबाट ओराल्न नेताहरु लागेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउने धम्की दिनुका साथै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई सहयोग गर्न निर्देशन दिएकी हुन् ।

नेपाली जनताले तिरेको करबाट अझै पनि कम्युनिस्टको भुतले नछोडेको आभाष भएको बुद्धिजिवीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.