विदेशी टिभी च्यानल नहेर्दा के हुन्छ ? आचार्य

रिपोर्ट नेपाल | 2019 Jun 25 | 10:31 am 2710

काठमाडौं असार १०ः वरिष्ठ कलाकार हरीवंश आचार्यले नेपाल सरकारको विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने भनेर गरेको निर्णयलाई आफ्नो साथ रहेको जनाएका छन । कलाकार आचार्यले आफ्नो फेसवुक स्टाटस लेख्दै विज्ञापन रहीत विदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागु गर्न खोजेको उल्लेख

गरेका छन् । सरकारको यो निर्णयको विरोधमा २४ घण्टा विदेशी च्यानल रोकेका केवल नेटवर्क व्यापारी प्रति प्रश्न गर्दै विदेशी च्यानल नहेर्दा के फरक पर्छ ? आचार्यले उल्लेख गरेका छन् । सरकारको निर्णयलाई हाम्रो समर्थन छ । जय नेपाली विज्ञापन, जय नेपाली कलाकार, जय नेपाली प्राविधिक भन्दै आचार्यले फेसबुकमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.