गुल्मी असोज २४ : नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले शिक्षा विना विकास र समृद्धि सम्भव नहुने बताए ।
गुल्मीको ईस्मा गाउँपालिका २ मा रहेको पालुखा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ संचालनका लागि शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको तेस्रो दिन सम्बोधन गर्दै सचिव पन्थीले शिक्षा विना विकास समृद्धि सम्भव नहुने भन्दै विकास र समृद्धिका लागि सबै पक्ष मिलेर शिक्षामा विकास गर्नुपर्ने बताए ।

एउटा कुनै मान्छेको ठुलो महल बनाएर त्यसको वरिपरि गरिब राखेर समृद्धी प्राप्त हुन सक्दैन, हामीले हरेक गरिबको मुहारमा खुशी ल्याउन सक्यौ कि सकेनौं भन्ने कुरा नै प्रमुख रहेको बताए ।
बिना आग्रह र पुर्वाग्रह नराखी राजनीतिक कुरा र विचारहरु ५ वर्षको १ पटक चुनावको समयमा मात्र गरौं तर अघिपछि हामी सबै विकास र समृिद्धको लागि मिलेर काम गरौं भन्दै विगतको समयमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले उच्च शिक्षा हाँसिल गर्नको लागि लामो समय लगाएर अन्यत्र पढ्न गएको कुरा स्मरण गराउँदै अहिले भने माध्यमिक विद्यालय भएपछि विद्यार्थीहरुलाई अध्ययन गर्न निकै सहज भएको बताए ।
सचिव पन्थीले अबको शिक्षा जीवन उपयोगी, सीपमूलक, व्यावसायिक र रोजगार मुलक हुनुपर्ने कुरामा जोड दिदैं आम नागरिकमा शिक्षाको पहुँच पुर्याउँदै गरिबी र अभावसँग प्रतिस्पर्धा गरेर गरिबलाई कसरी सम्पन्न गराउँन सकिन्छ भन्ने कुरामा लाग्न आग्रह गर्दै राज्यले गर्न नसकेको कामलाई पालुखाबासी समूदायले गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।
देशमा धेरै ठुला परिवर्तनहरु भएता पनि शिक्षाको क्षेत्रमा आशा गरेअनुसार परिवर्तन हुन नसकेको बताउँदै विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध रहेकाले विद्यालयको भविष्यको लागि सबै एकजुट हुनुपर्ने बताउँदै उनले विद्यालयमा सञ्चालन भैरहेको शैक्षिक तथा धार्मिक महोत्सवमा आफु सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्दै आफुले विद्यालय प्रति सधै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महोत्सवमा नेविसंघ केन्द्रिय सदस्य सुदर्शन खनाल, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रिय सभापति भगतसिंह खड्का, नेपाल प्रेस युनियन केन्द्रिय प्रतिनिधि कौरव खत्री, नेपाल तरुण दल रेसुङ्गा नगरपालिकाका नगर सभापति कृष्ण पाण्डेय, नेविसंघ गुल्मीका सचिव निर्मला पन्थी, नेविसंघका नेता धर्म पाण्डेय लगायतको सहभागिता रहेको थियो ।