वास्तविक किसानले पाएनन् अनुदान, झोले किसान भए मलामाल

रिपोर्ट नेपाल | 2023 Jan 03 | 01:53 pm 1493

  • महेश सिंह

सिरहा, पुस १९ः बर्षौं बर्ष देखि कृषि पेसामा आबद्ध रहेका भगवानपुर गाउँपालिकाका आनन्त झा निकै पीडित भएका छन्। उनले भगवानपुर गाउँपालिका वडा नम्बर ५ ईनर्वा परौलमा करिब ५ बर्ष अगाडि बला सुन्दरी कृषि तथा पशुपंक्षी केन्द्र प्रा.लि संचालन गरेका छन्।

No description available.

करिब ५ बिगहा निजि जग्गामा ६ वाटा पोखरीमा माछा पालन, गाई पालन, हासपालन, लोकल खुखरा, माछा भुरा उत्पादन ह्याचरी संचालन लगायत कृषि खेतीमा आलु, मकै, तोरी बदाम, लाहरी दाल, तरकारी लगायतका खेती गर्दै आएका छन्। गाउँका गरिब, दलित, निमुखा गरी करिब १२ जना महिला पुरुषहरुलाई रोजगारी समेत दिएका छन्।

२०७२ सालमा संचालन गरिएको संस्था हालसम्म राज्यबाट कुनै अनुदान नपाएको प्रति उनले दुःख ब्यक्त गरे। आफू कृषि फर्म संचालन गरेर घाटा बोहोरी रहेको बताउदै वास्तविक किसानले अनुदान नपाएर प्रदेश सरकार र स्थानीय सरकारको सेटीङ्गमा मोटो रकम कमिसनको चक्करमा मन्त्री मंण्डल र प्रदेश सरकारले नाता गोतालाई र झोले किसानहरुलाई अनुदान दिने गरिएको परम्परा चल्दै आएको पनि उनले बताए।

No description available.

आफू जस्ता सोझा सिधा ईमानदार किसानको कुरा कसैले सुन्दिदैन अनुदानको कुरा त परै जाओस्। वास्तविक किसानले अनुदान पाउनुपर्ने स्थानीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण होस् भनी उनले ध्यानाकर्षण गराएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.