वाल्मीकी क्याम्पस अगाडी फोहोरको डंगुर

रिपोर्ट नेपाल | 2019 Jun 30 | 01:12 pm 2525

काठमाडौं, असार १५: सफा र सुन्दर काठमाडौंको नारा लगाउने काठमाडौं महानगरपालिकाका नगर पिता विद्या सुन्दर शाक्यलाई वाल्मीकी क्यम्पस वरिपरीका व्यापारीहरूले चुनौति दिएका छन् ।

कुनै समय हराभरा काठमाडौंको नारा जप्ने महानगरपालिकालाई काठमाडौंको मुटु मानिने प्रदर्शनीमार्ग स्थित वाल्मीकी क्याम्पस अगाडीको फोहोरले जिस्काइ रहेको छ । संस्कृत क्याम्पस भनेको संस्कृति र संस्कार सिकाउने विद्या हो ।

त्यस्तो पवित्र उद्देश्य राख्ने कलेजका अगाडी व्यक्तिगत फाईदा लिने तर समाजलाई दुर्गन्धीत बनाउने केही स्वार्थी व्यक्तिका कारण प्रदर्शनीमार्ग स्थित वाल्मीकी क्याम्पस अगाडी जाँदा नाक थुनेर हिड्नु पर्ने बाध्यता छ ।

बाटोभरी फोहोर फाल्दा र वरिपरी दुर्गन्ध फैलदा समेत महानगरपालिकाको वडा कार्यालय रमिते बन्दै आएको छ । प्राय सधै फोहोर उठाउने ट्रक रहिरहने उक्त स्थानमा फोहोर फाल्ने त्यहीँ वरिपरीका तरकारी, फलफूल र होटल व्यवसायी रहेको सिर्जना भट्टराई बताउँछिन ।

फोहोर फाल्न आउने व्यक्ति सफा र सभ्य जस्ता देखिन्छन् तर उनीहरुले फोहोर फालेर समाजलाई दुर्गन्धीत बनाउँछन् बोल्ने कोही छैन भन्दै सुरेन्द्र श्रेष्ठ आक्रोश पोख्छन् । वडाको विकास गर्न र विकृति विसंगति हटाउन भन्दै निर्वाचित भएका जनप्रतिनिधिको दृष्टी नजानु दुर्भग्यको विषय हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.