वाग्मती किनारमा वृक्षरोपण

रिपोर्ट नेपाल | 2018 Jun 05 | 06:02 pm 5103

काठमाडौँ, २२ : विश्व वातावरण दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका–५ स्थित वाग्मती नदी किनारमा वृक्षरोपण गरियो । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखा र सिर्जना अंग्रेजी विद्यालय जोरपाटीले धूपी, बेगमबेलीलगायत जातका ३० वटा बिरुवा रोपिएको हो ।

कार्यक्रममा समाजका सभापति डा गंगाधर अधिकारीले वातावरण विनाश सभ्यताको विनाश भएको बताउँदै वातावरण संरक्षणका लागि एकीकृत अभियानको आवश्यकता औँल्याए ।

कार्यक्रममा समाजका महासचिव उत्तम पुडासैनी, काठमाडौँ शाखा सभापति रामकृष्ण बराल, सिर्जना विद्यालयका प्रधानाध्यापक सुदीप अधिकारी, शाखा सहसचिव तथा कार्यक्रम संयोजक गोकर्णमणि पुडासैनीलगायतले वाग्मती सफाइ, शहर, टोल सरसफाइ, वन तथा वातावरण संरक्षणका लागि खाली स्थानमा वृक्षरोपण गरिनुपर्नेमा जोड दिए ।

नदी किनारमा रोपिएको बिरुवाले सफाइ महाअभियानलाई प्राकृतिक रुपमा सहयोग पुग्ने विश्वास गरिएको छ । नदी किनारमा पाँचभन्दा अग्ला बिरुवा रोपिएको हो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.