काठमाडौं, मंसिर २६ : बहुचर्चित वाइडबडी जहाज खरिदको छानविन गर्न सार्वजनिक लेखा समितिले उप– समिति गठन गरेको छ। आज बुधबार बसेको लेखा समितिको बैठकले सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यको उप–समिति गठन गरेको बुझिएको छ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले जहाज खरिदमा कुनै अनियमितता नभएको र भएको पाएमा कारबाही गर्ने बताइरहेका बेला लेखा समितिले उप–समिति गठन गरेको छ ।
नव गठित उप–समितिको सदस्यहरुमा प्रेम आले, मिना घर्ति, धर्मशीला चापागार्इं, कृष्णलाल महर्जन, प्रदीप यादव र चन्दा चौधरी सदस्य रहेका छन्। उप–समितिले यस विषयमा गहन अध्ययन गरी पन्ध्र दिन भित्र लेखा समितिलाई प्रतिवेदन बुझाउन सिमा समय तोकिएको छ ।