वसन्तपुरमा विधिवत सुरु भयाे चीर फागु

रिपोर्ट नेपाल | 2022 Mar 10 | 10:15 am 1769

काठमाडाैं, फागुन २६ः रंगको पर्व फागु आज बिहीबार ७ बजेर २७ मिनेटको शुभसाइतमा विधिवत सुरु भएकाे छ। आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढाेका दरबारकाे गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएकाे हाे।

याे पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ।अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ।

फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.