वरिष्ठ संगीतकार उदय शम्सेर राणाको निधन

रिपोर्ट नेपाल | 2020 Nov 03 | 04:15 pm 2146

काठमाडाैं, कात्तिक १८ः वरिष्ठ संगीतकार उदय शम्सेर राणाको निधन भएको छ । नारायणगोपाल र गोपाल योञ्जनका समकालीन,मीतज्यू नाइटका एक वाद्यवादक राणाको गएराति अमेरिकामा निधन भएको हो ।

उदय शम्सेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री , प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत धेरैले स्वर दिएका छन् । संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.