वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले अब वीर अस्पतालबाट स्वास्थ्य सेवा दिने

| 2023 Sep 10 | 01:06 pm 2137

काठमाडौँ, भदौ २३ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट केहिदिन अघि मात्रै अवकाश पाएका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले अबदेखि वीर अस्पतालबाट सेवा दिने भएका छन् ।  डा. कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आवद्ध भइ बिरामीलाई सेवा दिनेछन् ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार भगवान कोइरालाले न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा एकेडेमिक (शैक्षिक) कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । ।  उनले वीर अस्पतालबाट मुटु उपचार सेवा प्रदान गर्ने जानकारी दिदै गत हप्ता देखि नै न्याम्समा आवद्ध भएको बताए ।

साथै डा. कोइरालाले आफुले वीर अस्पतालमा मुटुको एउटा जटिल शल्यक्रियामा पनि सहभागी भएको जानकारी गराए ।
। अब  ओपिडी र शल्यक्रियालाई नियमित गर्ने उनको भनाइ छ । त्रिवि आईओएम अन्तर्गतका विभिन्न अस्पतालमा गरी २८ वर्ष सेवा प्रदान गरेका डा. कोइरालाले उमेर हदका कारण ९ साउनमा अवकाश पाएका थिए।  कोइराला पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरबाट सेवा दिदै आएका थिए ।

‘आम नागरिकको मुटु उपचारका लागि कोइरालाले  वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने  योजना रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.