वरिष्ठ पत्रकार शर्माको निधनप्रति कांग्रेसकाे शाेक वक्तव्य

| 2021 Mar 12 | 06:16 pm 2585

काठमाडौं, फागुन २८ः वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ । लामो समय बीबीसी नेपाली सेवामा काम गरेका पत्रकार शर्माको शुक्रबार निधन भएको हो ।

चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेटमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उनको श्रीमती र एक छोरा छन्।

शर्माकाे निधनप्रति नेपाली कांग्रेसले गहिराे दुःख व्यक्त गरेकाे छ । उनकाे निधनबाट पत्रकारीताकाे क्षेत्रमा अपूरणीय क्षति पुगेकाे कांग्रेले शाेक वक्तव्यमा उल्लेख गरेकाे छ ।

साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि उनकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । स्वर्गीय शर्माप्रति सभापित देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माकाे चीर शान्तिकाे कामनाका साथ शाेक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नाे व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.