वरिष्ठ पत्रकार कसजूको निधन

रिपोर्ट नेपाल | 2019 Nov 26 | 05:35 pm 1427

काठमाडौं, मंसिर १० : वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ । निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाल्पाको तानसेनमा जन्मिएका उनी राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष समेत हुन् । कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.