वरिष्ठ नेता नेपाल चीन प्रस्थान

रिपोर्ट नेपाल | 2018 Jul 11 | 09:37 am 2933

काठमाडौं, असार २७: नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका छन्।

नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनीहरु यही जुलाई १५ मा फर्कने कार्यक्रम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.