वन्यजन्तुको दाह्रा सहित ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 16 | 05:24 pm 2776

काठमाडौं, कात्तिक ३० :  अवैध रुपमा संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) खरिद बिक्री गर्ने ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उनीहरूलार्इ काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटी, नारायणटारबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दोलखा गौरीशंकर गाँउपालिका वडा नम्बर ९ को २८ वर्षीय नुर्बु शेर्पा, मकवानपुर भिमफेदी गाँउपालिका वडा नम्बर १ को ३८ वर्षीय देवलाल मोक्तान, मकवानपुर, बकैया गाँउपालिका वडा नम्बर १२ को २७ वर्षीय दिपक लामा, मकवानपुर बकैया गाँउपालिका वडा नम्बर १२ कै ४० वर्षीय गोकुल घले, सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नम्बर २ को ३२ वर्षीय रबि लामा र नुवाकोट साविक मनकामना गाविस वडा नम्बर १ को २८ बर्षीय सुब्बा तामाङ रहेका छन् ।

उनीहरुको साथबाट ७ थान दाह्रा बरामद गरेको सिआइबीले जनाएको छ । आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं बुझाईएको समेत ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.