वनमा लागेको आगो बस्तीमा पस्दा दश घर जलेर नष्ट

रिपोर्ट नेपाल | 2019 May 10 | 08:42 pm 2814

सल्यान, वैशाख २७: बिहीबारदेखि इन्द्रेणी सामुदायिक वनमा लागेको आगोले शुक्रबाररातीसम्म सल्यानमा दश वटा घरगोठ जलेका छन्। सामुदायिक वनमा लागेको आगो एकाएक बस्तीमा पस्दा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाँडामा ९ घर र कपुरकोट गाउँपालिको मुलपानीमा एक घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उक्त आगो शुक्रबार दिउँसो २ बजेतिर बस्तीमा पसेर रामकाँडाका जीत बहादुर राना, ओम बहादुर र टुल्कबहादुर बुढाथोकीको एक घर एक गोठ गरी ६ घर जलेका छन्। सोही ठाउँका हरिबहादुर राना, गौरीलाल र पदम बहादुर रानाका एक÷एक घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

डिएसपी शाहीका अनुसार आगलागीबाट भौतिक संरचना, अन्नपात, लत्ताकपडा पूर्ण रुपमा क्षति भए पनि मानविय क्षति भने हुन नपाएको बताए । उक्त आगलागीबाट अनुमानित साढे १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यस्तै कपुरकोट गाउँपालिकाको मुलपानीमा पनि शुक्रबार नै एक घर जलेर नष्ट भएको छ। सो घटनाको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन। वन र बस्तीमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय लागि परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.