वनमन्त्री बस्नेतले आधा दर्जनभन्दा बढी गाडीकाे प्रयोग

| 2019 Jul 23 | 07:32 am 1596

काठमाडौं, साउन ७:  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन्। उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन्।

यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका चार गाडी र सात मोटरसाइकल लिएको छ। २०७४ मा संशोधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २सय ५६ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिटर मोविल’ मात्र पाउने उल्लेख छ।

सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन्। कान्तिपुर दैनिकमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.