सिन्धुपाल्चोक, मंसिर १ : जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।
राति ३ बजे घरबाट निस्केका अध्यक्ष श्रेष्ठ इन्द्रावती नदीमा डुबेको अवस्थामा आज शनिबार दिउँसो फेला परेका हुन् । उनले हाम फालेको या डुबेको के हो भन्ने अहिलेसम्म थाहा नभएको वडा सदस्य बखान तामाङले जानकारी दिए ।
उक्त घटनाको वास्तविकता बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।