वडादेखि केन्द्रसम्मको भ्रष्ट्राचारको जालो कसले तोड्ने ?

रिपोर्ट नेपाल | 2020 Feb 21 | 11:16 am 2274

काठमाडौं, फागुन ९: निवर्तमान संचारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रेस खरिद विषयको कमिसनको जालोमा परेपछि नेपालमा कतिसम्म भ्रष्ट्राचार हुँदा रहेछन भन्ने छर्लंग भएको छ ।

हिजोसम्म चप्पल पड्काएर हिड्ने नेताहरु मात्रै होइन जागिरदार कर्मचारी समेत एकाएक धनाढ्य बन्नुका पछाडी श्रम र पसिना नभएर भ्रष्ट्राचार नै हो । ठूला ठाउँमा सेकाले ठूलै भ्रष्ट्राचार गर्छन भने सानो ठाउँमा सानै भ्रष्ट्राचार हुने गरेको छ ।

गाउँबाट नागरिकता बनाउन आएको नागरिकले खाजा खाने नाममा पैसा दियो भने तुरुन्तै बन्छ भने नदिएमा दिनभर निवेदन थन्काएर राखिन्छ । राहदानी बनाउँदा देखि बिजुलीको मिटर निकाल्दासम्म पैसा नदिए समयमा काम हुँदैन ।

मालपोतमा नजरना नचढाएसम्म लालपुर्जा बन्दैन र जग्गा पास हुँदैन । उपभोक्ता समितिले काम गरेको रकम भुक्तान पाउन प्रविधिकलाई खानपान गराएर खुसी नपार्दासम्म भुक्तानी हुँदैन ।

यसरी वडाबाट सुरु भएको भ्रष्ट्राचारको जालो केन्द्रसम्म झागिंएको छ । हामीले निर्माण व्यवसायिलाई काम गरेन भनेर मात्रै गाली गछौं । उसले किन काम गरेन भनेर खोजिनीति गर्ने हो भने उसको बील स्वीकृत गर्नेले सताउनु सताएको हुन्छ ।

इन्जिनियरलाई पैसा दियो भने तुरुन्तै बील पास हुन्छ दिएन भने महिनौ झलाउने गरिन्छ । यसबाट हजार, लाख र करोडको हिसाब किताबमा हुने भ्रष्ट्राचार रोक्न जगबाट सुरु गर्नुपर्छ ।

बिहीबारदेखि गोकुल बास्कोटा चर्चामा आएपनि यस्ता बास्कोटा तलैबाट खोज्नुपर्ने सर्वसाधारणको माग रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.