वडाअध्यक्ष उम्मेदवारमाथि हातपात

रिपोर्ट नेपाल | 2019 Nov 28 | 10:55 am 1497

बैतडी, मंसिर १२: जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको छ।

गएराति साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको भट्टले जानकारी दिए।

उनका एक कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात गरेको भट्टको दाबी छ।

उक्त गाउँपालिकाको वडा नम्बर ४ मटेला भन्ने स्थान आफूमाथि हातपात भएको भट्टले बताए । यस बिषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेदवार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताए।

भट्टमाथि हातपात भएको कुरा आफूले गम्भीर रुपमा लिएको उनको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.