वडा सदस्यलाई अभद्र व्यवहार गरेको अभियोगमा कालु पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 16 | 11:10 am 1934

कञ्चनपुर, साउन ३२ः जिल्लाको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गरेका अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ वर्षीय कालु ओड रहेका छन् । उनलाई अपशब्द प्रयोग गरी हातपातको प्रयास गरेका अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए ।

अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए ।

रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको छ । प्रहरी निरीक्षक धामीले उनलाई गालीगलौज गरी अभद्र व्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.