वडा कार्यालयमा शक्तिशाली बम विस्फोट, ६ जना पक्राउ

| 2019 Mar 13 | 07:17 am 2295

चितवन, फागुन २९ : भरतपुर महानगरपालिका–५ स्थित तोरीखेतमा रहेको वडा कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । उक्त विस्फोट राति करिब १२ः३० बजे गराइएको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार विस्फोटबाट वडा कार्यालयको झ्यालका सिसाहरु फुटेको र विस्फोट भएपछि आगलागी भए कार्यालयको सम्पूर्ण कागजपत्र जलेर नष्ट भएको बताए ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै अवस्थामा विस्फोट गरिएको थियो । उक्त विस्फोट गराएको आशंकामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएकालाई प्रहरीले अनुसन्धान शुरु गरेका छन् ।

विस्फोट भएको थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार उक्त विस्फोट विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.