लौ न ए ! राष्ट्रभक्तको जन्म दे । 

रिपोर्ट नेपाल | 2022 Oct 19 | 01:43 pm 2209

लौ न ए ! राष्ट्रभक्तको जन्म दे । 

निति
थिति
बिधि
प्राबधान
बिधान
संबिधान
सब खाए
हरे ! देश त सक्काए ।
जवान स्त्रि लौ न ए !
देश बचाउन एक राष्ट्रभक्तको जन्म दे ।
देश लुटे
मिलेरै
बाँढेरै चुसे
सक्काए
सके
कुनै स्त्री लौ न ए !
एक महापुरुषको जन्म दे ।
मौलाए सबै
भ्रष्टाचारी
लुटकारी
आतंककारी
खाए
रित्ताए ,
सबलाई विध्वंस पार्दै शासन गर्ने
कुनै स्त्री लौ न ए !
एक महापुरुषको जन्म दे ।
सिमा मिच्नै लगाएर खाए
अस्तित्व थिच्नै लगाएर खाए
यहा भएको सबै खाए
सत्रुसंग उधारो मगाएर समेत खाए ,
संस्कार, सस्कृति भगाएर समेत खाए ,
खाए को खाए
देश खाए
लौ न देश बचाउन
यौवन स्त्रि ए !
एक देश पुत्रको जन्म दे ।
सुर्य प्रसाद खनाल, गुल्मी
(हाल शाईन रेसुङगा बैंकमा कार्यरत)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.