लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

| 2020 Feb 03 | 05:15 pm 1712

काठमडौं, माघ २०: लोकगायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पङ्गेनीलाई पितृशोक परेको छ ।

उनका पिता बोधराज पङ्गेनीको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो । काठमाडौंं धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जानकारी दिएको छ ।

उनी दमसम्बन्धी समस्याबाट पीडित रहेको बुझिएको छ । उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने बताइएको छ ।

उनका दुई छोरा र एक छोरी छन् । स्व् बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको हो ।

लोकगायक पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.