लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा केसी नियुक्त

| 2021 Aug 12 | 04:26 pm 1909

काठमाडौं साउन २८: लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा माओवादी केन्द्रका नेता केसीको मात्रै दाबी परेको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । रोल्पा क्षेत्र नं.१ (क)बाट प्रत्यक्ष निर्वाचित केसी यस अघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तारिक मामिला तथा कानुनमन्त्री थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.