लुटेराको गोली लागेर धनुषामा १ जना घाइते

रिपोर्ट नेपाल | 2018 Aug 10 | 09:17 am 1563

महोत्तरी, साउन २५: धनुषामा लुटेरा समूहले गोली प्रहार गरी नगद तथा सुन लुटेको छ।

जिल्लाको मिथिला नगरपालिका–८ स्थित जम्नीबासमा गएराति लुटेरा समूहले स्थानीय पुष्पलाल श्रेष्ठलाई गोली हानी नगद तथा सुन लुटेको हो।

धनुषा प्रहरीका अनुसार, श्रेष्ठमाथि दुई गोली लागेको छ। उनको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। हतियारसहित आएका लुटेरा समूहले श्रेष्ठको घरबाट साढे ६ तोला सुन, १५ तोला चाँदी र साढे २ लाख ५० नगदसमेत लुटेर लगेको छ।

लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा लुटेरा समूहले गोली चलाएको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरी भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.