पैसा लुटपाट तथा बन्चरो प्रहार गर्नेसहित तीन जना पक्राउ

| 2020 Aug 10 | 04:08 pm 1801

काठमाडौं, साउन २६ः रौतहटको फतुवा बिजयपुर नगरपालिका १ गम्हरिया बस्ने २३ वर्षीय नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ३ बस्ने २५ वर्षीय राकेश राय यादब रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

नबिन कुमारले फतुवा बिजयपुर नगरपालिका ५ सन्तपुरस्थित आइएमईबाट उक्त नगद निकाली घरतर्फ जाने क्रममा गम्हरियास्थित नहरको नजिकमा बिआर ०५ क्यू ०३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादब र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरले नबिनको साथबाट उक्त नगद लुटी फरार भएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले लुटपाटमा संलग्न राकेशलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।

साथै नगद सहित फरार रहेका किशोरको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने २३ वर्षीय गणेश नगरकोटीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ९ सिर्जना टोल बस्ने २५ वर्षीय शंकर सिटौलालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी आमा बुबालाई अपशब्द बोलेको भनी सिटौलाले गणेशलाई बन्चरो प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बन्चरो सहित पक्राउ गरेको हो ।

घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.