लुक्लामा हेलिकोप्टर ठोक्कियो

रिपोर्ट नेपाल | 2018 Oct 22 | 02:27 pm 1937

सोलुखुम्बु, कात्तिक ५  : लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । डाइनेस्टिक हेलिकोप्टरको पंखाले लाग्दा माउण्ट एयरको हेलिकोप्टरमा क्षति पुगेको प्रहरीले बताएका छन् ।

ल्यान्ड गर्न लाग्दा उक्त दुर्घटना भएकाे जानकारी प्राप्त भएकाे छ । मानवीय क्षति नभर्इ सबै जना शकुसल रहेकाे  बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.