लुकाई छिपाई राखेको भरुवा बन्दुक सहित पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 16 | 11:09 am 2041

तेह्रथुम, फेदाप गाउँपालिका ५ बस्ने ४० वर्षीय बुद्धबहादुर तामाङलाई लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
बुद्धबहादुरले आफ्नै श्रीमती ३५ वर्षीया दलमाया तामाङलाई सामान्य झगडा हुँदा खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले घरमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । खुकुरी प्रहारबाट घाइते भएकी दलमायाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.