लुकाइछिपाई ल्याएको चाँदी सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 22 | 02:03 pm 2466

पर्सा, मंसिर ६ : वीरगंज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाबाट भारत बिहार पश्चिम चम्पारण लखौरा टोलको ३० वर्षीय गुलसन साह कानुलाई १० किलोग्राम चाँदी सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिआर २२ ए डि ३५२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको एयरफिल्टर भित्र लुकाइछिपाई ल्याएको उक्त चाँदी फेला पारी मोटरसाइकलमा सवार कानुलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.