लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवाद वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने

रिपोर्ट नेपाल | 2020 May 18 | 07:30 am 1929

काठमाडाैं, जेठ ५ः अहिलेकाे विषम परिस्थितिमा सडकदेखि सदनसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे बिराेध भएपछि नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ।

लकडाउनकाे समयमा भारतले एकतर्फी रूपमा नेपाली भूभाग हुँदै चीनकाे मनाेसराेबर जानका लागि सडक निर्माण गरेपछि यसबारे नेपालले चर्काे बिराेध गरेकाे हाे ।

सीमा विवादबारे नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान खुले लगत्तै वार्ता गर्ने अनौपचारिक जानकारी दिएको छ।

भर्चुअल वार्ताका बारेमा नेपालले राखेको प्रस्तावलाई भने भारतले अस्वीकार गर्दै यो विषय बसेर छलफल गर्नुपर्ने स्पष्ट पारेको छ।

‘अन्तर्राष्ट्रिय उडान खुलेको एक दुई दिनमा नै हामी वार्तामा बस्नेछौं’, भारतको अनौपचारिक धारणा उद्धृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिँदै भने, नेपाल-भारत सीमाको अधितम विषय वार्ताबाट नै समाधान भएकाले विवाद रहेको सुस्ता र कालापानी क्षेत्र बारे हामी पुनः वार्ता गरी टुंगोमा पुग्नुपर्छ ।अन्नपूर्ण पाेष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.