काठमाडौँ २७ चैत / पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । कोणसभामा बोल्दै लिङ्देनले पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएकोले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।
लिङ्देनले कोणसभामा बोल्दै गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिदै आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ उनले भने ।’
प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताए । उनले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गरे ।