लिगलिगकोट-सिरानचोक-गोरखा दरवार म्याराथन दौड-२०७९ संचालन हुने

रिपोर्ट नेपाल | 2022 Aug 29 | 04:54 pm 2633

काठमाडाैं, भदाै १३ः नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा मिति २०७९ भदाै २५ गते राष्ट्रव्यापी लिगलिगकोट-सिरानचोक-गोरखा दरवार म्याराथन दौड प्रतियोगिता-२०७९ संचालन हुन गइरहेको जानकारी गराईन्छ । उक्त म्याराथन दौड प्रतियोगिता सञ्चालन सम्बन्धी विवरण देहाय बमोजिम रहेको छ ।
(क) म्याराथन दौड संचालन हुने मिति, समय र स्थान: मिति २०७९ भदाै २५ गते, ६ बजे, लिगलिगकोट ।
(ख) रजिष्ट्रेसन फर्म दर्ता गर्ने स्थानः QR कोड मार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिने साथै रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म खरिद गरी दर्ता गर्न सकिने ।
(ग) रजिष्ट्रेसन फर्म दर्ता गर्ने अवधीः मिति २०७९ भदाै ३ गतेदेखि२० गतेसम्म ।
(घ) दर्ता शुल्कः प्रति व्यक्ति रु.५ सय ।
(ङ) म्याराथन दौडको जम्मा दुरीः ४० कि.मि. ।
(च) म्याराथन संचालन हुने रुटः लिगलिगकोट-आँपपिपल भञ्ज्याङ्ग-चित्रेपोखरी-छोप्राक चोरकोटे- छेवेटार-पस्लाङ्ग-ठूलो आँगन हुँदै गोरखा दरबार ।

साथै, उक्त म्याराथन दौड सम्बन्धी थप जानकारीको लागि श्री रिपुर्मदन गण, गोरखाको सम्पर्क नम्बर ०६४-४११२००/९८६२९४३१९४/९८४९२०६१०४, श्री पालुङ्गटार नगरपालिको सम्पर्क नम्बर ९८५१२१७२१९ र श्री गोरखा नगरपालिकाको सम्पर्क नम्बर ९८४१४७४२०७ मा सम्पर्क गर्न सकिने समेत जानकारी गराईएकाे छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.