लायन्सले गर्यो गृह सचिवको सम्मान

| 2021 Aug 15 | 06:43 pm 5945

काठमाडौं साउन ३१ : गृहमन्त्रालयको जिम्मेवारी समाल्न सरुवा भएर आएका गृहसचिब टेकनारायण पाण्डेलाइ एक समारोहका बीच सम्मान गरिएको छ। लायन्स कल्ब लर्डबुद्धको आयोजनामा सचिब पाण्डेलाई सम्मान गरिएको थियो। लामो समय सम्म शिक्षा क्षेत्रमा काम गरेका पाण्डेले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गृहप्रशासनमा पनि सफलताको शुभकामना दिदै लायन्सले सम्मान गरेको हो।

 

सम्मान कार्यक्रममा कलस्टर बिसका बिष्णु प्रसाद भण्डारीले मुलुकले यतीखेर अनुभबी र शैक्षिक व्यक्तित्वलाई गृहप्रशासन हेर्ने जिम्मा दिएको उल्लेख गर्दै हरेक क्षेत्रलाई शिक्षाले मार्गनिर्देश गर्ने भएकोले आफुहरु शान्ति शुरक्षा र अमन चयन हुने कुरामा ढुक्क भएको बताएका थिए। लामो समय निजामति क्षेत्रमा रहदा कहिँ कतै विवादमा नपरी यहा सम्म पुगेका गृहसचिब पाण्डेले गृहप्रशासनलाई पनि सक्षमताका साथ हाँक्ने कुरामा आफु आशाबादी रहेको पनि भण्डारीले बताएका थिए।

कलस्टर भण्डारीले गृह जस्तो महत्वपूर्ण मन्त्रालयमा पाण्डेलाई ल्याएर गृहमन्त्री बालकृष्ण खाँडले शुद्दिकरणको थालनी गरेको बताएका थिए। सम्मान कार्यक्रममा कलस्टर ३५ क प्रमुख तारा लामिछाने, कविता लामिछाने , लिडरस हरु महेन्द्र पौडेल, मनि श्री, राजेन्द्र लम्साल, गिरि धारी शर्मा, उदय कुमार नेपाल, एन आइसी एसिया बैंकका सहायक महाप्रबन्धक रंजन खड्का प्रबन्धक धिरेन्द्र वाग्ले, पोमनारायण अधिकारि रिता खनाल, हरि अधिकारि, भवानी पौड्याल , बिनोद कार्की, गोपीमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.