लागूऔषधसहित भारतीय नागरिक प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2022 Mar 24 | 12:54 pm 1977

सर्लाही, चैत १०ः अवैध लागूऔषकसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं. १३ का २४ वर्षीय उमेश कुमार सिंह रहेका छन् ।

उनलाई बुधबार पर्सा गाउँपालिका ६ स्थित प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश ३-०२-०११ प ७०३२ नं.को मोटरसाइकल चेकजाँच गर्दा उनकाे साथबाट लागूऔषध CODIWELL (१००ml) १०० बोत्तल र DIALEX-DC ५० बोत्तल (१००ml) फेला पारी मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाईएकाे बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.