लागूऔषध सहित दुर्इजना पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 20 | 05:18 pm 2079

काठमाडौं, मंसिर ४ : लागूऔषध सहित दुृइ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भएका सोनाम तामाङ, काठमाडौंको दक्षिणकाली नगरपालिका बस्ने मिलन केसी रहेका छन् ।

उनिहरुको साथबाट नियन्त्रि मनोद्धिपक लागु औषध डाईजेपाम २३१ एम्पुल, बुप्रेनोर्फिन २३८ एम्पुल र फेनारगन २५२ एम्पुल बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.