लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jul 29 | 09:46 pm 1741

सप्तरी, साउन १४ः जिल्लाको हनुमाननगर कङकालिनी नगरपालिका १४ मलहनियास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले नाईट्रोजन टयाब्लेट २० वटा र १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने २९ बर्षीय लक्ष्मणकुमार साह र २१ बर्षीय मुक्तिनाथ महेरा रहेका छन् ।

ना १० प ३७४४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मलहनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

चोरीपैठारीको सामान बरामद
कैलाली जिल्लाको कैलारी गाउँपालिका ५ पबेरा तथा धनगढी उपमहानगरपालिका १ पुलवारीस्थित सीमा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव ३ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्दराज जोशीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय त्रिनगरबा बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २७ हजार रुपैयाँ बराबरको मोटर पार्टस तथा लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै  गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.