काठमाडौँ १२ असार / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बुधबार लागुऔषध ओसारपसार बिद्को अन्तर्राष्ट्रिय दिवसका अवसरमा लागुऔषधको समस्या विकराल भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लागुऔषधको दुर्व्यसनीमा युवाहरुलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । गृहमन्त्री लामिछानेले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताए ।
‘लागुऔषधको समस्या विकराल भएको कुरा मैले पदभार ग्रहण गरेपछि अझ बढी महशुस गरेँ । लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुन्छ । युवाहरु देशमा रोजगारी नपाएर विदेश गएका छन्, कयौँ, लागुऔषधको दुर्व्यसनीमा फसेका छन् । यसका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि चलेका छन् । जसले लागुऔषध बेचबिखन गर्दछ, त्यसलाई छोड्दैनौं’ उनले भने ।