महोत्तरी, वैशाख ९ : महोत्तरीमा लागु औषधसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको सम्सी गाउपालिका, ५ बस्ने १९ वर्षीय शुशील यादवलाई गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको हो ।
यादवको साथबाट डाइजेलाव इन्जेक्सन ५० पिस, नुफिन इन्जेक्सन ५० पिस, रोमेथाजाइन इन्जेक्सन ५० पिस र प्रोक्सीभोन प्लस स्पास्मो ४ पत्ता बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत जलेश्वरबाट सात दिनको म्याद गरी अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।