लागु औषध र नक्कली पेस्तोलसहित ७ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 16 | 04:06 pm 2136

काठमाडौं, भदौ ३१ : काठमाडौबाट नक्कली पेस्तोलसहित सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट लागु औषध पनि बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । प्रहरीका अनुसार कठमाडौको बौद्ध, गोकर्णेश्वर र चुच्चेपाटीबाट अवैध लागुअ‍ैसधसहित ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा जोरपाटी बस्दै आएका सर्लाही स्थायी घर हुने दिपककुमार जिम्बा, सिन्धुपाल्चोक हेलम्बुका राजु क्षेत्री, उदयपुरका सञ्जय पोखरेल र खोटाङका निशान मगर रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट लागूऔषध नाईट्राभेट १ सय ३० थान र ट्रमा ३ सय १० थान बरामद गरिएको छ । त्यसैगरी चुच्चेपाटीबाट झापा स्थायी घर भएका युगेश राई, ईलामका सञ्जय समाल र मोरङका सन्तोष लिम्बु पक्राउ परेका छन् । उनीहरुको साथमा ३० ग्राम खैरो हिरोइन र नक्कली पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.