लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल | 2018 Sep 06 | 05:19 pm 4396

पाल्पा, भदौ २१ : इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले नेपाली समाजको प्रमुख विकृति, विसंगतीका रूपमा रहेको लागु औषधलाई समाजबाट निमिट्यान्न पार्नेका लागि प्रशिक्षण कार्यक्रम गरेको छ ।

रामपुर नगरपालिका वार्ड नं ८ एक्लेटार स्थित गंगा माध्यमिक बिधालयमा कक्षा ८, ९ र १० मा अध्यनरत अं १५० जना बिधार्थीहरुलाई आज बिहीबार इलाका प्रहरी कार्यालय रामपुरले  लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा बिधार्थीहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ?  सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन् ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? साथै लागु औषधको सेवन, बिक्री वितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित अन्य कानुनहरूले समेत के कस्तो सजायको व्यवस्था गरेको छ रु साथै लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा बिधार्थी, बिधालय र अन्य सरोकारवाला निकायहरूले खेल्नु पर्ने भूमिका लगायतका विषयहरूमा केन्द्रित रही एक घण्टासम्म प्रशिक्षण दिएको थियो ।

इलाका प्रहरी कार्यालय रामपुरद्वारा आयोजित उक्त कार्यक्रममा सो कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहभागीहरूलाई प्रशिक्षण दिएका  थिए ।  कार्यक्रममा  विद्यालयका  शिक्षाकहरु समेत सहभागीको रूपमा रहेका थिए। कार्यक्रमको आरम्भमा उक्त विद्यालयका प्रधानाध्यापक अर्जुन देवकोटाले कार्यक्रमको औचित्यता सम्बन्धमा प्रकाश पारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.