लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल | 2018 Aug 17 | 01:20 pm 3097

पाल्पा, भदौ १: नेपाली समाजको प्रमुख विकृती, विसंगती,गम्भीर प्रकृतीको दुर्व्यसन र अपराधको रुपमा रहेको लागु औषधलाई समाजबाट न्यूनीकरण गर्नका लागि प्रशिक्षण दिइएको छ ।

अभियानलाई मुर्तरुप दिने कार्यलाई लक्ष्यमा पुर्याउनको लागि विधार्थी लक्षित रामपुर नगरपालिका वार्ड नं ५ स्थित रामलुतसी माध्यमिक विधालयमा कक्षा १२ मा अध्ययनरत १५० जना विधार्थीहरुलाई जनता बैंक नेपाल लिमिटेड रामपुर शाखाको आयोजना र ईलाका प्रहरी कार्यालय रामपुर तथा सोही विधालयको संयोजनमा लागु औषध दुर्व्यसन विरुद्ध एक प्रशिक्षण दिइएको हो ।

उक्त कार्यक्रममा विधार्थीहरुलाई लागु औषध भनेको के हो? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्न सकिन्छ ? साथै लागु औषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई नेपालमा प्रचलित कानूनले के कस्तो सजायंको व्यवस्था गरेको छ ? लागु औषध नियन्त्रणमा विधार्थी, विधालय र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका आदि विषयहरुमा केन्द्रित रहि करिब डेढ घण्टा सम्म प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको आरम्भमा समाजको गम्भीर समस्याको रुपमा रहेको लागु औषधलाई बैंक लगायतका संस्थाहरुले पनि प्रहरी संगको सहकार्यमा चेतनामुलक प्रशिक्षण कार्यक्रमहरु संचालन गरिने जानकारी उक्त बैंकका शाखा प्रमुख बाबुराम लम्सालले बताए ।

जनता बैंक नेपाल लिमिटेड रामपुर शाखा द्वारा आयोजित उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहभागिहरुलाई प्रशिक्षण दिएका हुन् । सो कार्यक्रममा विधार्थीहरुको अलवा विधालयका प्रधानाअध्यापक लगायतका अध्यापकहरु, उक्त बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु साथै रामपुर नगरपालिका लगायत पुर्वी पाल्पा क्षेत्रमा क्रियाशिल पत्रकारहरु समेत सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.