पाल्पा, असार १९ : पछिल्लो समयमा रामपुर लगायतका मुख्य व्यपारिक केन्द्र तथा यस आसपासका गाउँ तथा अन्य साना शहरहरुमा लागु औषध प्रयोकर्ताहरुको संख्यामा बढोत्तरी भइरहेको छ ।
यसले समग्र सामाजिक संरचनालाई कुरुप बनाई युवा जगतमा नराम्रो प्रबृतीको शिकार हुनु पर्ने तथ्यलाई ह्रदयंगम गरि ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले स्थानीय चर्चित संचार माध्यम” रेडियो पाल्पा” मार्फत आज बिहान लागु औषध दुर्व्यसन बिरुद्ध रेडियो प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा लागु पदार्थ भनेको के हो ? यो कति प्रकारको हुन्छ ? समाजमा के कस्तो प्रकारका लागु औषधहरुको प्रयोग तथा बिक्री बितरण भैरहेको छ ? यस्तो कुलतमा फस्ने कारण र दुर्वसनी पहिचान गर्ने आधारहरु के के हुन ?
यो अपराध निराकरण र न्यूनीकरण गर्न समाजका अन्य निकाय तथा संस्थाहरुले के कस्तो प्रकारको सामाजिक दायित्व र भूमिका निर्वाह गर्नु पर्ने हुन्छ ?
कानूनले यस अपराधमा संलग्नलाई के कस्तो दण्ड सजायको व्यबस्था गरेको छ आदि बिषयहरुमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिएका छन् भने सो कार्यक्रमको सहजीरण गर्ने कार्य उक्त कार्यक्रमका संचालक दुर्गेश मल्लले गरेका हुन् ।