लागु औषध दुर्व्यसन बिरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2018 Oct 29 | 07:15 pm 4455

पाल्पा, कात्तिक १२ :  अहिले विश्वव्यापी रुपमा गम्भिर समस्याको रुपमा रहेको लागु औषध अपराध नेपालमा घट्ने विविध प्रकारका अपराधहरु मध्ये प्रमुख अपराध तथा सामाजिक दुर्व्यसनको रुपमा रहेको छ ।

लागु औषधलाई कानूनी कार्बाहिको दायराले मात्र नियन्त्रण गर्न सम्भव नरहेकोले चेतनाको माध्यमद्वारा नियन्त्रण तथा न्यूनीकरण गर्ने अभियानलाई संचालन गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरको कार्यक्षेत्र अन्तर्गतको रामपुर नगरपालिका वडा नम्बर ३ रजघरा स्थित जनविकास माध्यमिक विद्यालयमा संचालन गरिएको छ । कक्षा ११ र १२ मा अध्यनरत करिब १ सय ७० जना विद्यार्थीहरुलाई आज सोमबार प्रशिक्षण दिएका छन् । ईलाका प्रहरी कार्यालय रामपुर आयोजना र विद्यालयको संयोजन रहेको थियो ।

ईलाका प्रहरी कार्यालय रामपुरले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्ने सकिन्छ ? भन्ने कुराहरुमा जानकारी गराएका थिए ।

लागु औषधको सेवन, विक्रि वितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित अन्य कानूनहरुले समेत के कस्तो सजायको व्यवस्था गरेको छ ? लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, विद्यालय, अविभावक र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका विषयहरुमा केन्द्रीत रहि तीन घण्टा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले दिएका थिए । प्रशिक्षणमा विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षकहरुको समेत सहभागीत रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.