लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान

रिपोर्ट नेपाल | 2023 Jan 07 | 07:13 pm 1449

  • महेश सिंह

सिरहा, पुस २३ः सिरहाको लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित बृहत रक्त दान कार्यक्रम सम्पन्न भएको छ।

No description available.

मधेस प्रदेशमा केहि दिन देखि बढेको चिसो र सितलहरका सिरहामा बिरामीको चाप बढेको कारण रेडक्रस लहानमा ब्लडको अभाव भएको लहान रेडक्रसका प्रयोगशला प्रमुख प्रदीप कुमार यादव (मनिष) ले बताए।

शनिबार बिहान ११ बजे देखि सुरु भएको कार्यक्रममा एक दर्जन भन्दा बढी दाताहरुले रक्तदान गरेका थिए।

सिरहामा चिसो र सितलहरका कारण अत्याधिक बिरामीको चाप बढेको छ। सिरहा लहान लगायतका सरकारी अस्पताल र निजि अस्पतालहरुमा बिरामीको चापबढेको हो।

लहान रेडक्रसले जिल्ला भरीका सरकारी अस्पताल र निजि अस्पतालहरुमा रगत आपूर्ति गर्नु पर्ने बाध्यता रहेकोले अन्य संस्थाहरुसँग सहयोग मागी रक्तदान कार्यक्रम गरी रगत अभावका कारण ज्यान जोखिममा परेका बिरामीहरुलाई बचाउन ध्यानाकर्षण गराएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.