लहानमा प्रजनन् स्वास्थ्य सम्बन्धि एक दिने शिविर सम्पन्न

| 2020 Nov 12 | 06:54 pm 2432

लहान, कात्तिक २६ः ओरेक नेपाल परियोजना कार्यालय सिरहाको आयोजनामा लहान नगरपालिका १ मटियर्वामा मंगलबार संचालन भएको महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा नं १ र २ को सदाय वस्तीको महिलाहरुलाई लक्षित गरी गरिएको शिविरमा ५२ जना महिला तथा किशोरीहरुले सेवा लिएका छन् ।

No description available.

जिल्ला अस्पताल सिरहा, लहान नगरपालिका १ को वडा कार्यालय र प्राथमिक स्वास्थ्य चौकीको सहकार्यमा गरेको कार्यक्रममा सदाय वस्तीको महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि आएको समस्यालाई केन्द्रित गरेर सेवा दिएको थियो ।

शिविरमा महिलाहरुलाई हुने प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या समाधानका लागि आफ्नै घर, बारीमा भएको जडीबुटी प्रयोग सम्बन्धि प्रदर्शनी राखेको थियो ।

धान भित्र्याउने समयमा गरिएको शिविरमा सदाय समुदायका महिलाहरु ज्यालादारीमा काम गर्ने भएको कारण लक्षित गरेको समुदायका केही महिलाले सेवा लिन नसकेको ओरेक परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक शर्मिला निरौलाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.